२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

भरतपुर–१६ मा विदेशबाट आएका २४ जना क्वारिन्टिनमा

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते
- ADVERTISEMENT -

मंगलपुर, चितवन । विदेशबाट घर फिर्ता आएका २४ जनालाई भरतपुर वडा नं. १६ ले क्वारिन्टिनमा राखेको छ । उनीहरु सबैलाई भरतपुर महानगरको समन्वयमा १४ दिने क्वारिन्टिनमा राखिएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
वडा अध्यक्ष हमालका अनुसार पुरानो गाविस भवनमा २ महिलासहित १४ जना, वडाकै मातहतमा रहेको रेडक्रस भवनमा ७ पुरुष, चारपाते युवा समाज विजयनगरमा १ महिला, २ पुरुष राखिएको छ ।
हालसम्म पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयार गरिएको उनले भने ।
त्यसैगरी होम क्वारिन्टिनमा १८ जनालाई राखिएको छ र शुक्रबार गरिएको आरडीटी परीक्षणमा सबै नेगेटिभ आएको वडाअध्यक्ष हमालको भनाइ छ । आइतबार पनि ५ जनाको परीक्षण गरिएको र तिनीहरु सबैको नेगेटिभ आएको उनले थपे ।
पुरानो गाविस भवनमा राखिएको ५ जनाको पीसीर रिपोर्टको लागि शुक्रबार पठाएको तर रिपोर्ट नआइसकेको उनले जानकारी गराए ।

- ADVERTISEMENT -