भरतपुर, चितवन । तमु प्ये ल्हु संघ महिला समिति चितवनले ३६ घरधुरी गरिब तथा विपन्न परिवारलाई राहत बाँडेको छ । लकडाउनका कारण खाद्यान्न समस्या परेका गरिब तथा विपन्न परिवारलाई सोमबार खाद्यान्न सामग्री वितरण गरेको समितिकी अध्यक्ष इन्द्रकुमारी गुरुङले जानकारी दिइन् ।
यो विषम परिस्थितिमा पीडितलाई थोरै भए पनि मलहम लगाउने प्रयास स्वरुप सहयोग गरिएको अध्यक्ष गुरुङको भनाइ छ । उनले भने यो संकटको बेला सबै एकजुट भएर सामना गर्नुपर्छ ।
महिला समितिले १० केजी चामल, १ केजी दाल, २ केजी आलु, २ केजी नुन वितरण गरेको थियो । राहत तमु प्ये ल्हु संघ इच्छाकामना–७, स्याङदी इकाई समिति अन्तर्गतको ३० घर र खैरहनी नगरपालिकाको सिद्धिपुर इकाई समिति अन्तर्गतको ६ घर विपन्न परिवारलाई प्रदान गरिएको थियो ।
राहत वितरणमा महिला समितिका कोषाध्यक्ष शुकमाया गुरुङ, सह–सचिव हितु गुरुङ, सह–कोषाध्यक्ष बन्दना गुरुङ तथा तमु प्ये ल्हु संघ चितवनका उपाध्यक्ष शुकबहादुर गुरुङ, सचिव विक्रम गुरुङ, स्याङ्गदी इकाईका अध्यक्ष कुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
३६ गरिब तथा विपन्न परिवारलाई राहत
June 9, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -