भरतपुर, चितवन । कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट मृत्यु भएका भरतपुर महानगरपालिका वडा नम्बर ११ का वृद्धको शव नेपाली सेनाको कालिबहादुर गणले व्यवस्थापन गरेको छ ।
सोमबार कोरोना पुष्टि भई मंगलबार बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय वृद्धको शव भरतपुर महानगरपालिका वडा नम्बर १ बागेश्वरी वन क्षेत्रमा व्यवस्थापन गरिएको हो । नारायणी नदी नजिकै खाल्डो खनेर शब व्यवस्थापन गरिएको हो ।
शव व्यवस्थापन अघि मृतकका परिवारले आफ्नो धार्मीक परम्परा अनुसार अन्त्येष्टि गरेका थिए । उनीहरु गुरुङ समुदायका हुन् । सो पश्चात जेसीबीले खनेको खाल्डोमा शवलाई पुरिएको थियो । नेपाली सेनाले शवलाई भरतपुर अस्पतालबाट शव वाहनमा राखेर लगेको थियो ।
कोरोना संक्रमण देखिनु अघि मुटुको समस्याका कारण नारायणी सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका मृतक गुरुङलाई पछि निमोनिया भई कोरोना संक्रमण देखिएको थियो ।
June 9, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -