May 18, 2024

संक्रमित थप २७९, पुग्यो ४३६४ जना

June 10, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस सम्मेलनमा कोरोना संक्रमित २७९ जना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । जसमा ६७४ जना निको भई घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७२ जिल्लामा संक्रमण देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -