June 14, 2024

आजदेखि लकडाउनको स्वरुप परिवर्तन, व्यवसाय तथा निजी सवारी साधन चल्ने

June 11, 2020

काठमाडौं । सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । बुधबार राति अबेर सकिएको मन्त्रिपरिषद् बैठकले आज (बिहीबार)देखि पसल, व्यवसाय तथा निजी सवारी साधन संचालन गर्न दिने निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कृषि, उद्योग, व्यापारिक क्षेत्र खुकुलो बनाउने निर्णय गरेको हो । सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिइने तथा काठमाडौं उपत्यकासहित जोखिम कम भएका ठाउँमा जोर विजोर प्रणाली लागू गरेर मोटरसाइकल तथा निजी सवारी साधन, ट्याक्सी चलाउन दिइने छ भने विद्यालय, सपिङ मल, सिनेमा हल लगायतका धेरै भीडभाड हुने ठाउँ तत्काल नखुल्ने जनाएको छ ।
यसअघि सरकारले अत्यावश्यक पसल (खाद्यान्न, दुध, औषधी, ग्यास लगायत) बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मात्र खोल्न अनुमति दिँदै आएको थियो ।
चैत्र ११ देखि सुरु भएको लकडाउन जेठ ३२ गतेसम्म थप गरिएकोमा काठमाडौं उपत्यका लगायत जोखिम कम भएको ठाउँमा पसल खोल्ने क्रम र आवातजावत बढेसँगै सरकारलाई लकडाउनको स्वरुप परिवर्तन गर्न दबाब परेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -