April 29, 2025

वडा नं. १६ का एकजना आइसोलेसनमा, २३ जना क्वारिन्टिनमै

June 11, 2020
- ADVERTISEMENT -

मंगलपुर, चितवन । भरतपुर वडा नं. १६ बाट शुक्रबार पठाइएको ५ जनाको पीसीर रिपोर्ट नतिजा १ जना पोजेटिभ र अन्य ४ जनाको नेगेटिभ आएको छ । सोमबार आएको नतिजा अनुसार संक्रमित १ जनालाई भरतपुर अस्पतालको आइसोलोसेनमा पठाइएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
संक्रमित पुरानो गाविस भवन क्वारेन्टिनमा थिए । विदेशबाट आएका अर्का एक जनालाई क्वारिन्टिनमा ठाउँ नभएका कारण भरतपुर १० का वडा अध्यक्षको समन्वय पठाइएको उनले भने ।
अहिले विदेशबाट घर फिर्ता आएका २३ जना भरतपुर वडा नं. १६ को क्वारिन्टिनमा रहेको छ । उनीहरु सबैलाई भरतपुर महानगरको समन्वयमा १४ दिने क्वारिन्टिनमा राखिएको वडा अध्यक्ष अमृतराज हमालले बताए ।
उनका अनुसार हाल पुरानो गाविस भवनमा १३ जना, वडाकै मातहतमा रहेको रेडक्रस भवनमा ७ पुरुष, चारपाते युवा समाज विजयनगरमा १ महिला, २ पुरुष राखिएका छन् । हालसम्म पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयार गरिएको छ ।
त्यसैगरी होम क्वारिन्टिनमा १८ जनालाई राखिएको छ । तिनीहरुको सबैको आरडीटी परीक्षण नेगेटिभ आएको वडाअध्यक्ष हमालले बताए ।

- ADVERTISEMENT -