October 7, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संसदबाट पारित भयो नेपालको नयाँ नक्सा

June 13, 2020

काठमाडौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको छ । भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सासहितको निशान छाप संशोधन विधेयक संसदबाट सर्वसम्म पारित भएको हो ।
संसदमा उपस्थित कुल २५८ जना सांसदमध्ये सबैले संविधान संशोधन पक्षमा मतदान गरेका छन् । विपक्षमा भने कुनै मत परेन । कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
प्रस्तावमाथिको छलफल सकिएपछि नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्तावमाथि मतदान भएको थियो ।

- ADVERTISEMENT -