धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा शनिबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धादिङमा संक्रमितको संख्या ८८ पुगेको छ ।
सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँका डाइरेक्टर डा. सागरराज भण्डारीका अनुसार संक्रमित मध्ये ५ जना महिला र १८ जना पुरुष गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार संक्रमण पुष्टि भएकाहरु नीलकण्ठ नगरपालिका वडा नं १ का २४, २६, ३५ वर्षीय महिला र २६,३२,२९ वर्षीय पुरुष, वडा नं ४ का २३ वर्षीय पुरुष रहेका छन् । त्यस्तै वडा नं ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुष र वडा नं १४ का ३२, ३५ वर्षीय महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुषहरु रहेका छन् ।
संक्रमितहरु सबै भारतबाट आई नीलकण्ठ नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेकाहरु रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।
क्वारेन्टिनमा रहेकाहरुको आरडिटि टेष्टमा पोजेटिभ आएकाहरुको गत जेठ २९ गते स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
June 13, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -