भरतपुर । भरतपुर कोरोना अस्पतालमा रहेका १८ जना संक्रमितलाई भरतपुर अस्पतालको आइसोलेसनमा शनिबार अपरान्ह सारिएको छ । अस्पताल भित्रै पानी बग्न थालेपछि त्यहाँ रहेका संक्रमितलाई भरतपुर अस्पताल सारिएको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए ।
उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुले अस्पताल भित्र पानी बग्दै गरेको भिडियो सार्वजनिक गरेपछि चौतर्फी विरोध भएको छ । उक्त भिडियो कारण चौतर्फी बिरोध सुरु भएपछि त्यहाँ रहेका सबै संक्रमितहरुलाई भरतपुर अस्पताल सारिएको हो ।
प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. तिवारीका अनुसार अस्पतालमा संक्रमित हुँदा मर्मत संभार गर्न कठिन भएकाले मर्मतको अवधिका लागि उनीहरु सबैलाई भरतपुर अस्पतालमा सारिएको हो । अस्पतालमा रहेका चार जना डिस्चार्ज भएसंगै सबै १८ जनालाई सारिएको उनले बताए ।
संक्रमितहरुलाई अस्पतालको ‘ए’ ब्लकको भुई तलामा तयार पारिएको आइसोलेसन कक्षमा राखिएको छ । भरतपुर अस्पतालमा हाल २५ जना संक्रमितको उपचार भइरहेको छ । भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले मर्मत संभारपछि कोरोना अस्पताल पुनः संचालन गरिने बताए ।
तीन दिनमै तयार पारिएको भनेर प्रचार गरिएको भरतपुर कोरोना अस्पताल विवादमा तानिदै आएको छ । अस्पतालको सामग्री चोरिएको प्रकरणले अहिले कोरोना अस्पतालमाथि अख्तियारले छानबिन गरिरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोरोना अस्पतालका संक्रमितलाई सारिए भरतपुर अस्पतालमा
June 14, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
