भरतपुर, चितवन \ नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लाका पत्रकारहरुको दुर्घटना बिमा गराएको छ । हरेक पत्रकारको ३ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । असार १ गतेबाट लागुहुने गरी जिल्लाका २५७ जना पत्रकारहरुको सामुहिक दुर्घटना बिमा गरिएको उनले बताए ।
उनले भने यस कार्यका लागि कालिका नगरपालिकाले आवश्यक आर्थिक सहयोग गरेको छ । नगरपालिका र महासंघ जिल्ला शाखा बिच भएको सम्झौता पत्रमा नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ र महासंघ शाखा अध्यक्ष राधेश्याम खतिवडाले हस्ताक्षर गरेका छन् ।
यो वर्ष विमाका लागि नगरपालिकाले एकलाख रुपैयाँ सहयोग गरेको छ । जिल्लाका पत्रकारहरुको सामुहिक दुर्घटना बिमा आगामी वर्षहरुमा पनि निरन्तरताका लागि नीतिगत निर्णय गर्ने नगर प्रमुख श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।
महासंघसँग संस्थागत रुपमा सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्दै प्रमुख श्रेष्ठले नगरका हरेक गतिविधिको सञ्चारक्षेत्रबाट निगरानी र खवरदारीको अपेक्षा रहेको बताए । सामुहिक दुर्घटना विमाले पत्रकारको भौतिक सुरक्षाका सवालमा दुर्घटना जस्तो भवितव्यमा जोखिम बहनमा भूमिका खेल्ने महासंघ अध्यक्ष खतिवडाले विश्वास ब्यक्त गरे ।
पत्रकारको पेशागत र भौतिक सुरक्षामा महासंघ गम्भीर रहेको अध्यक्ष खतिवडाको भनाइ छ । बिमाका लागि सेवा प्रदायक विभिन्न तीनवटा कम्पनीसँग प्रस्ताव माग गरेकोमा जनरल ईन्स्योरेन्श कम्पनीलाई छनौट गरी सोही मार्फत बिमा गरिएको हो ।
चितवनमा ५ वटा दैनिक पत्रिका, १३ वटा साप्ताहिक पत्रिका, ४ वटा टेलिभिजन, २२ वटा रेडियो र २४ वटा अनलाइन प्रकाशन प्रशारणमा रहेका छन् ।
- ADVERTISEMENT -

महासंघद्वारा २५७ पत्रकारहरुको दुर्घटना बिमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04













