April 23, 2025

दिनेश गुरुङको ‘नयाँ नेपाल’ गीत सार्वजनिक

June 16, 2020
- ADVERTISEMENT -

चितवन । गायक दिनेश गुरुङको ‘नयाँ नेपाल’ गीत सार्वजनिक भएको छ । उक्त नयाँ गीत कुसुम गुरुङको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गायक गुरुङले बताए ।
उनले गीतको माध्यमबाट युवाहरूको चाहना नयाँ नेपाल र नयाँ युग भएको भन्दै सबैलाई नयाँ नेपाल निर्माणमा जुट्न आग्रहसमेत गरेका छन् । सगरमाथा शिर रहेको नेपाल विश्व सामु अटल रहोस् भनेर कामना गरिएको गीतमा उनले हिमाल–तराई, मेची–काली सबैतिरका नेपालीको आवाज पनि एउटै हुनुपर्ने गीतमार्फत सन्देश दिन खोजेका छन् ।
त्यस्तै गीतमा उनले स्वर्गजस्तो नेपालमा सयौँ जाति, भाषा, धर्मका समुदायले सधैँ फल्ने तथा फुल्ने मौका पाउन् भन्ने चाहना राखेका छन् । देशको मुहार फेरियोस्, समुन्नतिको बाटोमा अघि बढोस् भन्दै देशको जय जय गान समेत गरेका छन् ।
उक्त गीतमा स्वर, शब्द र संगीत पनि उनकै रहेको छ । दिनेश पेशाले ब्यांकर हुन् । गीत संगीतमा गहिरो रुचिसँगै साधना पनि रहेको स्पष्ट पार्न खोजिएको छ ।

- ADVERTISEMENT -