काठमाडौँ । देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय हुँदा सोमबार रातिदेखि नै वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष मनसुन भित्रिँदा नै सक्रिय अवस्थामा रहेकाले गुल्मीदेखि पूर्वका भागमा मनसुनी वर्षा भएको मौसमविद शान्ति कँडेलले बताएकी छन् ।
पूर्वबाट भित्रिएको मनसुन हाल मध्य हुँदै गण्डकी र प्रदेश नम्बर पाँचका केही क्षेत्रसम्म पुगको उनले जानकारी दिएकी छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मनसुन पुग्ने क्रममा रहेको छ । यो वर्षको मनसुनमा औषत पानी पर्ने पूर्वानुमान गरिएकाले किसानलाई सहज हुने देखिएको मौसमविदल कँडेलले बताएकी छन् । तर यो वर्ष वर्षाका कारण हुने सक्ने जोखिम पनि तुलनात्मक रुपमा बढी हुन सक्ने भएकाले सचेत हुनु पर्ने उनले उल्लेख गरेकी छन् ।
अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । अहिले नै बर्खे झरी सुरु नभएको भए पनि मनसुनी वर्षा भने सक्रिय रुपमा देखिएको मौसमविदको भनाइ छ ।
- ADVERTISEMENT -
मनसुन सक्रियले देशका विभिन्न ठाउँमा वर्षा सुरु
June 16, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -