September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘सिम टीभी’ को फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण – प्रबन्ध निर्देशक अधिकारी

June 16, 2020

चितवन । एस्किना केवल नेटवर्क प्रालि क्षेत्रपुरले केही वर्षदेखि सिम टिभीको डिलरसिप लिएर चितवन, मकवानपुर नवलपरासी जिल्लामा सेवा दिइरहेको छ । केवल नेटवर्कको विस्तार र इन्टरनेटको उच्च मागसंँगै विगत केही समयदेखि इन्टरनेट सेवा समेत दिन थालेको छ । हाल केवल नेटवर्कको प्रभावकारितासंँगै गुणस्तरमा वृद्धि गर्न एचडी र एसडी सेवा दिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्धक निर्देशक दिपक अधिकारीका अनुसार देशका तीन जिल्लाका अधिकांश स्थानमा केवल टिभी जडान कार्य बिस्तार गरिएको छ भने इन्टरनेटको सेवालाई पनि तीब्र पारिएको छ । ‘सिम टिभीको केवल सेवा देशभरका शहरहरुमा छ, इन्टरनेट सेवालाई पनि तीब्रता दिइएको छ ’ अधिकारीले भने ।
लकडाउन शुरु भए यता मात्र कम्पनीले चितवनमा मात्रै ४ हजारभन्दा बढी ग्राहकलाई सेवा दिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । फाइवर प्रविधिबाट इन्टरनेटको सेवा दिइएकाले यसको गुणस्तरबाट ग्राहकहरुको आकर्षण बढ्दै गएको छ । यस सेवाबाट इन्टरनेट सेवामा कुनै प्राविधिक समस्या नभएको र दु्रत गतिमा इन्टरनेट गति भएकोले ग्राहकहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको उनको भनाइ छ ।
चितवनका कालिका नगरपालिकामा बाहेक चितवनका सबै पालिकामा कम्पनीले इन्टरनेट सेवा दिइरहेको अधिकारीले बताए । ‘इन्टरनेटको माग दिनानुदिन बढिरहेको छ, उनले भने, हामीले चाडै नै अन्य स्थानहरुमा पनि इन्टरनेट सेवा दिन सुरु गर्दैछौ ।’ ग्राहकले एउटै केबलबाट २२० वटा भन्दा बढी च्यानल र इन्टरनेट सेवा लिइरहेको उनको भनाइ थियो ।
अन्य इन्टरनेट सेवाप्रदायक कम्पनीभन्दा उच्च गुणस्तर र तुलनात्मक रुपमा शुल्क समेत सस्तो भएकोले ग्राहकको सिम टिभीप्रति आकर्षण बढेको हो । सिम टिभीले लकडाउन सुरु भएसंँगै विद्यार्थीहरुलाई लक्षित गर्दै अनलाइन कक्षा समेतलाई निरन्तरता दिँदै आएको छ । सिम टिभी ग्राहकले हाल १०७, ११५, ११७ नम्बरको च्यानलबाट कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई केवलबाट पठनपाठन गर्दै आएको उनले बताए । ग्राहकले सिम टि.भीको केवल र इन्टरनेट सेवा लिनको लागि रिचार्ज भौचरको साथै खल्ती अनलाइन पेमेण्टबाट समेत भुक्तानी गर्न सक्नेछन ।