चितवन । राष्ट्रिय वन क्षेत्रमा २६ वटा गैंडा मरेका छन् । जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । जसमध्ये २४ वटा निकुञ्ज क्षेत्रमा र २ वटा वन क्षेत्रमा गैंडा मरेको सहायक संरक्षण अधिकृत उप्रेतीले बताए ।
सहायक संरक्षण अधिकृत उप्रेतीका अनुसार एउटा हावाहुरीले ढलेको रुखले किचेर मरेको हो भने अन्य जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेर, बुढो भएर, विद्युतीय करेन्ट लागेर मरेका हुन् । मर्ने गैंडाहरुमा धेरै बच्चा रहेको उहाँको भनाइ छ ।
गत वष निकुञ्ज क्षेत्र र र राष्ट्रिय वन क्षेत्रमा गरी ४३ वटा गैंडा मरेका थिए । प्राकृतिक कारणले गैंडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन थालेको हो । पछिल्ला वर्षहरुमा चोरी शिकारीका कारण गैंडा मर्ने क्रम कम भएको उनले भने ।
June 16, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -