January 21, 2025
- ADVERTISEMENT -

सीमा लद्दाखमा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु

June 17, 2020

काठमाण्डौं । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सैनिकसँगको झडपमा २० भारतीय सैनिकको ज्यान गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले भारतीय सेनालाई उद्धृत गर्दै १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको जनाएको छ ।
सुरुमा मंगलबार ३ सैनिकको ज्यान गएको जानकारी दिएको भारतीय सेनाले बुधबार सबेरै अन्य १७ सैनिकसहित जम्मा २० सैनिकले ज्यान गुमाएको अद्यावधिक गरेको हो ।
भारतीय सेनाका अनुसार पछिल्लो ४५ वर्षमा सीमा क्षेत्रमा भएको यो सबैभन्दा डरलाग्दो झडप भएको र यसमा अधिकांश घाइते सैनिकहरुले गम्भीर चोटका कारण ज्यान गुमाएका बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -