June 25, 2024

गोरखामा पहिलो पटक भेटिए ४ जना संक्रमित पुरुष

June 18, 2020

गोरखा । गोरखा सहिद लखन गाउँपालिकामा पनि पहिलो पटक कोरोना संक्रमीत बिरामी भेटिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान ५ः४५ बजे सार्वजनिक गरेको सूची अनुसार सहिद लखन गाउँपालिकाको ४ जना पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।
संक्रमण देखिएकाहरु सबै भारतबाट आएर सहिद स्मृति मावि बुकोंटको क्वारेन्टाइनमा रहेका ५४, ३१, ३७ र २७ वर्षका पुरुषहरु हुन् । उक्त क्वारेन्टाइनमा रहेका १२ जना मध्य ४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको र बाकी ८ जनामा भने नेगेटिभ देखिएको गाउँपालिका अध्यक्ष रमेश बाबु थापाले बताए ।
गोरखामा पालुङटार नगरपालिकाका एक महिलासहित सात जना र सहिद लखनका चार जना गरी ११ जनाको संख्या थप भएको हो । यस अघि २४ जना उपचाररत छन् ।
संक्रमितहरुलाई गोरखा क्याम्पसमा बुधबार मात्र तयार भएको आइसोलेनसनमा लैजाने तयारी भइरहेको छ । क्याम्पसमा २५ वेडको आइसोलेसन तयार भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -