September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

June 19, 2020

पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीका २, बाग्लुङका १४, कास्कीका ६ र स्याङ्जाका २ जनामा संक्रमण देखिएको हो ।
उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति रहेका छन् । उनीहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।