काठमाडौं / संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट १ सय ४८ जना नेपाली बोकेर पहिलो चार्टर्ड विमान उडेको छ । नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज शुक्रबार केही समय अघि उडेको हो ।
आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । फर्किने मध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेका नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिला मध्ये ९४ जना गर्भवती छन् । उडानमा १० जना विभिन्न रोगका कारण विरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ । फर्किने मध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् ।
आज शुक्रबार उडेको विमानमा एक जनाको शव पनि नेपाल पठाइएको छ । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन टयुमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शब नेपाल पठाइएको नेपाली दुतावासकी श्रम काउसिन्सलर निर्मला थापाले जानकारी दिए ।
June 19, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -