May 20, 2024

संक्रमित थप ४२६, पुग्यो ८ हजार बढी, निको १४०२ जना

June 19, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा थप ४२६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितमध्ये एक हजार ४ सय २ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो समय २ सय १६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -