चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ वजे खसेको पहिरो पूर्ण रुपमा पन्छाएसँगै शुक्रबार साँझबाट दुई तर्फी सवारी सञ्चालनमा आएका छन् ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्ण रुपमा पहिरो पन्छाएसँगै दुई तर्फी रुपमा सवारी आवागमन भएको हो ।
निरन्तर पानी परेपछि पहिरो खस्दा समस्या भएको थियो । पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो । दुबै तर्फबाट लोडरले पहिरो पन्छाइएको हो । सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहज रुपमा दुई तर्फी आवागमन सूचारु भएको खनालले जानकारी दिए । पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौं सवारी सडकमा अलपत्र परेका थिए । सडक दुई तर्फी संञ्चालनमा आएसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।
- ADVERTISEMENT -
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन लाग्यो तीन दिन
June 20, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -