चितवन । पूर्व अर्थमन्त्री तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले पूर्वी चितवनका तीन वटा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कोरोना रोगको संक्रमणबाट बच्नको लागि आवश्यक स्वास्थ्य सामग्री सांसद पाण्डेले राप्ती नगरपालिका, खैरहनी नगरपालिका र वकुल्लहर रत्ननगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । सांसद पाण्डेले आइतबार राप्ती नगरपालिकाका प्रमुख प्रभा वराल, उपप्रमुख इमानसिंह लामा, खैरहनी नगरपालिकाका प्रमुख ललमणि चौधरी, उपप्रमुख सुनिता थपलियालाई सामग्री हस्तान्तरण गरेका हुन् ।
त्यस्तै गरी रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दवाडी मार्फत बकुल्लहर रत्ननगर अस्पताललाई सामग्री सहयोग गर्नु भएको हो । स्वास्थ्य सामग्रीमा पीपीइ, एननाइन्टी माक्स, फेससील, हेलमेट, पन्जालगायतको सामग्री वितरण गरेको नेकपा जिल्ला सदस्य केशव कडेलले जानकारी दिए ।
कोरोना भाइरसबाट बच्नको लागि घर बाहिर ननिस्कने, निस्कनु परेमा स्वास्थ्य सामग्री प्रयोग गरेर काममा जान नेता पाण्डेले अनुरोध गरे । त्यस्तै गरी नेता पाण्डेले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा अवलोकन गरेका थिए । कार्यक्रममा नेकपा नेता काशीनाथ अधिकारी, कृष्ण खनाल, धर्म कार्कीलगायतले उपस्थिति रहेको थियो ।
पुर्व अर्थमन्त्री पाण्डेद्वारा ३ स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
June 21, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -