मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) :
रोकिएका अधुरा कामहरू पुरा पुनः सुरू हुन सक्छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा अतिथिको आगमन हुनसक्छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) :
धार्मिक, सामाजिक क्षेत्रको भ्रमण हुनसक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :
आफन्त र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । कृषि कार्य अघि बढ्नेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) :
आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाइनेछ ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) :
आज मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । विना प्रतिस्पर्धा फाइदा पनि हुने योग छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) :
विशिष्ठ व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पूरा होला । सामाजिक र परोपकारका क्षेत्रमा लगानीको समय छ ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) :
गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त
हुनेछ । स्वादिष्ट खानापिन मिल्नेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :
प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) :
न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट र शुभकार्यका काम अघि बढ्नेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) :
अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भय छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) :
आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट लाभ प्राप्ति हुने योग छ ।
(ज्यो.प. नारायणप्रसाद दुलाल)