March 19, 2025
- ADVERTISEMENT -

राप्तीमा पहिलो पटक महिला क्वारेन्टिन

June 22, 2020

चितवन । जिल्लामा पहिलो पटक महिला र बालबालिकाहरुका लागि राप्ति नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । राप्ती नगरपालिका वडा नम्बर ६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको हो ।
महिला मैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माबिमा ५० शैयाको महिला मैत्री क्वारेन्टिनको व्यवस्था गरेको हो । तत्कालका लागि ३० शैयाको क्वारेन्टिनको व्यवस्था भए पनि ५० शैया पुर्याईने नगरपालिकाको प्रमुख प्रभा बरालले बताए ।
बरालका अनुसार महिला तथा बालबालकाहरुका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ । तेस्रो मुलुकका नेपालीहरु आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडा अध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको उनले बताइन् ।
यस पालिकाबाट हालसम्म १ सय २१ जनाले क्वारेन्टिनको समय अबधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टिनमा रहेका छन् । जस मध्ये १० जना महिला रहेका छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलाहलाई सो क्वारेन्टिनमा राखिने उनले बताइन् ।
राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टिनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपािलकामा जिल्लामा पहिलो पटक बिदेशबाट आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।

- ADVERTISEMENT -