May 18, 2024

-: तपाईको आजको राशीफल (मंगलबार) :-

June 23, 2020

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) : 
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) :
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । दैनिक कार्यमा सफलता पाइने छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :
दैनिक कार्यमा प्रगति हुनेछ । सामाजिक कार्यमा मन जाला । कुटनीतिक नियोगको सहयोग मिल्ला । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) :
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दूरीको यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) :
आज परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) :
आज नयाँ कार्य योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यस्तता पनि बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाइएला ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) :
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । शिक्षामा उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :
आज घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) :
आज लगनशिलताले कामहरू अगाडि बढ्ने छन् । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तराद्र्ध अधिक सुखद् रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) :
आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकांक्षा पूर्ण हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतिष्ठा कमाउने बेला छ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) :
दाम र इनाम कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्ला । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

(ज्यो.प. नारायणप्रसाद दुलाल)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -