April 29, 2025

थप ५३८, संक्रमित नाघ्यो १० हजार

June 23, 2020
- ADVERTISEMENT -

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार ९० जना महिला र ४४८ जना पुरुष गरी कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको जानकारी दिए ।
हालसम्म १ लाख ८६ हजार ३६६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७६ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म २ हजार २२४ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -