April 13, 2024

पूर्व स्वीकृति विना होटल संचालन गर्न नपाइने : जिल्ला प्रशासन

June 24, 2020

भरतपुर, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व स्वीकृति विना रेष्टुरेन्ट तथा होटल संचालन नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले मंगलबार जारी विज्ञप्तिमा स्वीकृति विना रेष्टुरेन्ट तथा होटल संचालन गरे कारवाही गरिने बताइएको छ ।
टेकअवे सेवा दिन चाहने होटल तथा रेष्टुरेण्ट संचालकहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने विज्ञप्तिमा लेखिएको छ । रेष्टुरेन्ट तथा होटलले निवेदन दिएपछि त्यसबारेमा निर्णय गर्न सकिने प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
यसअघि प्रशासन कार्यालयले जेष्ठ ३० गते जारी सूचनामा रेष्टुरेण्ट तथा होटल संचालन गर्न नपाइने उल्लेख गरिएको थियो ।

- ADVERTISEMENT -