May 18, 2024

कालिका वनमा रोपियो १ हजार विरुवा

June 25, 2020

देवघाट तनहुँ । देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने कालिका सामुदायिक वनका उपभोक्ता समितिले बुधबार एक हजार वटा वृक्षरोपण गरेको छ । उक्त वृक्षरोपण उदघाटन कालिका सामुदायिक वनका जेष्ठ नागरिक ८५ वर्षीय बसुन्धरा पाण्डेले बेलको विरुवाबाट शुभारम्भ गरेका थिए ।
कालिका सामुदायिक वनको करिब पन्ध्र रोपनी क्षेत्रफलमा गरिएको वृक्षरोपणमा दालचिनी एक सय पचास वटा, वेल एकसय पचास वटा, असोक दुई सय वटा, सुगन्ध कोकिका एक सयवटा, अमरिसो तीन सय वटा र पारिजात सय वटा रहेको छ ।
उक्त विरुवा तनहुँ जिल्ला वन कार्यालयले सहयोग गरेको कालिका सामुदायिक वनका अध्यक्ष भोजराज नैनावस्तीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -