March 17, 2025
- ADVERTISEMENT -

पुनर्बहालीको माग गर्दै बोटलर्स चितवनका मजदुरहरु

June 29, 2020

चितवन । आन्दोलको तेस्रो दिन बोटलर्स तराई नेपाल लिमिटेडका मजदुरहरुले ८ घण्टा ढुवानीका सम्पूर्ण साधनहरुको आवतजावत ठप्प पारेका छन । बोटलर्सको वेयर हाउस विभागमा लोडअनलोडको काम गर्दै आएका मजदुरहरु आफूहरुलाई कम्पनिले बहाना बनाएर रोजगारीबाट हटाएको भन्दै बिहान १० बजे देखि साझ ६ बजेसम्म सम्पूर्ण ढुवानीको साधनहरु आवतजावतमा रोक लगाएको हो ।
आन्दोलनमा ४४ जना मजदुरहरु सहभागी रहेका छन । विगत एक दशक देखि उनीहरु पवन ढुवानी सर्विसेस नारायणगढबाट बोटलर्समा लोडअनलोडको काम गर्दै आएका छन् । पवन ढुवानीले उनीहरको साथ छोडेसंगै कम्पनीले पनि नयाँ ढुवानी संग हात मिलाई कार्यरत मजदुरहरुलाई रोजगारिबाट हटाउने काम भएपछि उनिहरु आन्दोलित भएका हुन् ।
उनीहरले गत वर्ष चैत ६ गते देखि अखिल नेपाल ट्रेड युनियन महासंघ घटक, अखिल नेपाल मजदुर संघ बोटलर्स तराई नेपाल लिमिटेड मार्फत आन्दोलन गर्दै आएका छन । यस बीचमा भने कोरोना महामारीका कारण यो आन्दोलन स्थगित भएको थियो । आसार १ गतेबाट लकडाउन खुलेसंगै कम्पनीको कामकाज सञ्चालन हुन थालेपछि रोजगार खोसन पाहिदैन, कम्पनीमा मजदुरी गर्दै आइरहेकाहरुलाई पुनर्बहालीको माग गर्दै मजदुरहरु पुनः आन्दोलीत भएको संघका अध्यक्ष बुद्धिमान सेन्चुरीले बताए । गएको डिसेम्बर महिनाबाट कम्पनीले लोड÷अनलोड गर्ने मजदुरहरुलाई हटाएको उनले जानकारी दिए ।
यस्तै संघका सचिव प्रलाद बर्तौलाले जबदेखि मजदुरहरुले राज्यले तोकेको पारिश्रमिक माग गर्यो तबबाट कम्पनीले ढुवानी ठेकेदारसँग विभिन्न बहाना बनाएर आफूहरुलाई हटाएको षडयन्त्र गरेको बताए । सोही आधारमा आफुहरु न्यायका लागि सडकमा आएको उनले बताए । मजदुर संघर्ष समितीले अहिलेको शान्ति पूर्ण आन्दोलनबाट पनि कम्पनीले माग सम्बोधन नगरे असार १५ गते देखि १५ दिनसम्मका लागि कम्पनीका सबै ढुवानीका सवारी साधनलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाई तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

–हल्कारो समाचारबाट ।

- ADVERTISEMENT -