February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा थप ४७६, पुग्यो १३ हजार २४८ संक्रमित

June 29, 2020

काठमाडौँ । नेपालमा थप ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा थप ४७६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र ११२ महिला गरी कूल ४७६ मा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । यससँगै सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ ।
तीमध्ये एक हजार ५८६ महिला र ११ हजार ६६२ पुरुष रहेका छन् । त्यस्तै कोरोना निको हुनेको सङ्ख्या ३ हजार १३४ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । नेपालका ७७ वटै जिल्लामा नै कोरोना सङ्क्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -