December 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्राइम नेवटर्कद्वारा साउन १ गतेदेखि प्राइम टिभी संचालन – प्रबन्ध निर्देशक सुवेदी

July 2, 2020

–विक्रम गुरुङ
मंगलपुर, चितवन । प्राइम नेटवर्क प्रालि मंगलपुरले विगत तीन वर्षदेखि नेटवर्क सेवा दिँदै आइरहेको छ । देशको विषम परिस्थितिका कारण फाइबर नेटवर्कको उच्च माग भएको र यसको बिस्तार दु्रततर गतिमा भइरहेको छ । हाल नेटवर्कको प्रभावकारिता देशको विषम परिस्थितिका कारण यसको माग दिनप्रति दिन बढ्दो छ । विषम परिस्थितिलाई मध्यनजर गर्दै प्राइम नेटवर्कले सेवा बिस्तारमा विशेष ध्यान तथा सोही अनुसारको सहुलियत दिँदै आइरहेको प्राइम नेटवकका प्रबन्ध निर्देशक शिव सुवेदीले जानकारी दिए ।
प्राइम नेटवर्कका प्रबन्धक निर्देशक सुवेदीका अनुसार पश्चिम चितवनको ९० प्रतिशतभन्दा बढी स्थानमा फाइबर नेटवर्क बिस्तार गरिएको छ भने सेवालाई पनि तीब्र पारिएको छ । प्राइम नेटवर्कको कार्यालय भरतपुर ३, लायन्सचोकमा रहेको र अन्य शाखाहरु पार्वतीपुर, टाँडी, अमरापुरी, चोकबजारमा रहेको उनले बताए । निकट भविष्यमा नवलपरासी र दलदलेमा शाखा बिस्तार गर्ने उनले जानकारी दिए ।
लकडाउन शुरु भए यता मात्र प्राइम नेटवर्कले २ हजारभन्दा बढी ग्राहकलाई सेवा दिएको प्रबन्ध निर्देशक सुवेदीले जानकारी दिए । सेवा सुविधा चुस्तदुरुस्त भएकाले ग्राहकहरु बढ्दो क्रम रहेको उनले बताए । फास्ट इन्टरनेटको सेवा दिइएकाले यसको गुणस्तरबाट ग्राहकहरुको आकर्षण बढ्दै गएको छ । हाम्रो सेवाबाट इन्टरनेट सेवामा कुनै प्राविधिक समस्या नभएको र दु्रत गतिमा इन्टरनेट गति भएकोले ग्राहकहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको उनको भनाइ छ । हाल २८ सय ग्राहक रहेको यो प्राइम नेटवर्क पश्चिम चितवनमा नभई अन्य जिल्लामा समेत बिस्तार गरिदैँ लगिने उनले भने ।‘फाइबर नेटवर्क साथसाथै इन्टरनेट प्रोक्टोकल टेलिभिजन [IPTV] साउन १ गते संचालन गर्ने तयारी रहेको छ’ उनले भने ‘हाल परीक्षणको दायरामा ८, १० घरमा चलिरहेको छ, यो प्रविधि नेटवर्कको दुनियाँमा एडभान्स प्रविधि हो’ । आईपीटीपीको जडानपछि नेट तथा टिभीमा कुनै समस्या नआउने उनले दावी गरे ।
‘हामीले हाम्रा ग्राहकलाई उहाँहरुको इच्छा अनुसार सेवा सुविधा दिएका छौं’ उनले भने, ‘इन्टरनेट गेमिङ, अनलाइन क्लास, जुम क्लास लगायत सबैमा चाहिने सेवा सुविधा र क्वीक सर्भिस छ ।’ मुख्यगरी इन्टरनेट गेम तथा जुम क्लास, अनलाइन क्लासका लागि कुनै समस्या नरहेको उनले दावी गरे ।

- ADVERTISEMENT -