January 15, 2025
- ADVERTISEMENT -

राप्ती १ को बालिकामा कोरोना देखिएपछि थप कडाई

July 3, 2020

चितवन । राप्ती नगरपालिका वडा नं. १ को एक बालिकामा कोरोना भाइरस पोजिटिभ देखिएपछि कडा सतर्कता अपनाइएको छ । बिहीबार वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकले संक्रमित बालिकाको घर आसपासका चारकिल्ला तोकेर सम्पूर्ण पसल तथा होटलहरु बन्द गर्न र जथाभावी हिडडुल नगर्न निर्देशन दिएको छ ।
बैठकले पूर्वमा लोथर ड्याक, पश्चिममा सहकारी चोक, उत्तरमा प्रभु किराना पसल तथा दक्षिणमा भक्तबहादुर घिसिङको घरलाई चारकिल्ला तोकेर सो क्षेत्रमा कडाई गर्ने निर्णय गरेको हो । वडाअध्यक्ष सिद्धिलाल स्यागंतानले विज्ञप्ति जारी गर्दै समाजिक दूरी कायम राख्न र नियम पालना गर्न आग्रह गरिएको छ ।
राप्ती १ को एक बालिकामा बुधबार कोरोना पोजिटिभ देखिएको थियो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -