Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१० जोड २ कक्षा सञ्चालन, अनलाईनबाटनै प्रि रजिष्टेशन

प्रकाशित मिति : २०७७ असार २० गते

चितवन । नारायणगढमा रहेको चितवनकै उत्कृष्ट लिटर फ्लावर स्कुलले दश जोड २ का कक्षा सञ्चालन गर्ने भएको छ । यसका लागि स्कुलले अनलाईन रजिष्ट्रेसन प्रक्रिया खुल्ला समेत शुरु गरिसकेको छ । यसका लागि विद्यार्थीले स्कुलको पेजमा रहेको अनलाईन लिन्क बाट फाराम भर्न सकिने स्कुल प्रशासनले जानकारी दिएको छ ।
स्थानीय एवं अन्य जिल्लाका अभिभावक र विद्यार्थीको आबश्यकता अनुरुप यही शैक्षिक सत्रबाट उक्त कक्षाहरु सञ्चालन गर्ने भएको हो । पहिलो बर्ष विज्ञान संकायका कक्षाहरु मात्र सञ्चालन गरिने स्कुलका जनसम्पर्क अधिकृत गोविन्द पौडेलले जानकारी दिए । अभिभावक तथा विद्यार्थीको आवश्यकतालाई महसुस गरी दश जोड २ का कक्षा सञ्चालन गर्न लागिएको पौडेलले बताए । ‘हामी दशजोड दुईका कक्षा सञ्चालनका लागि तयारीमा छौं, उनले भने, अब यही शैक्षिक सत्रबाट अध्ययन अध्यापन शुरु हुन्छ । उनका अनुसार स्कुलमा विज्ञान संकायका अनुभवी तथा दक्ष शिक्षक, आधुनिक विज्ञान प्रयोगशाला , कक्षाकोठा, तथा अन्य भौतिक पूर्वाधारका काम सबै सकिएको छ । यस स्कुलमा अन्र्तराष्ट्रिय ढांँचा अनुसारको कोर्ष, सिलेवस अनुसार अध्ययन अध्यापन हुने उनको भनाई छ ।
स्कुलले क्याम्ब्रिज युनिभर्सटीको मापदण्ड अनुसार १० सम्मका कक्षाहरु सञ्चालन गर्दै आएको छ । भारतको केरला ,गोरखपुर संँगै नेपालका विरगंज र पर्सामा यसको मातहतमा स्कुल सञ्चालन भईरहेको छ ।
पठनपाठनलाई थप गुणस्तर प्रदान गर्न स्कुलले व्यवहारिक शिक्षा, कम्युटर प्रविधि सहितका शिक्षालाई जोड दिइने स्कुलका प्राचार्य ‘फादर’ रोवीले जानकारी दिए । ‘दश जोड दुइमा विद्यार्थीको भर्ना गर्न सोधपुछ र परामर्श भईरहेको छ , उनले भने , कोरोना प्रभाव कम भएपछि र सरकारले लकडाउन खोल्ने वित्तिकै पढाई शुरु हुन्छ ।’ दशजोड दुईका कक्षा सञ्चालनपछि उच्च शिक्षाका लागि विद्यार्थीहरु काठमाडौ लगायत अन्य विद्यालय जान नपर्ने बाध्यता हट्ने र विद्यार्थीले अधिकतम लाभ लिनसक्ने फादर रोवीको भनाई ।
आगामी दिनमा अध्ययन अध्यापनलाई थप प्रभावकारी बनाउन स्कुलले कुनै कसर बांँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । भौतिक पूर्वाधार सम्पन्न यस स्कुलमा १० कक्षा सम्म मात्रै २ हजार १सय विद्यार्थी अध्ययनरत छन । स्कुलले विगत केही बर्षदेखि अध्ययन अध्यापनमा जिल्लामा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । निम्न लिन्कमा गएर विद्यार्थीले फाराम भर्न सक्नेछन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23