March 16, 2025
- ADVERTISEMENT -

-: तपाईको आजको राशीफल (मंगलबार) :-

July 5, 2020

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) : 
कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) :
आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :
आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) :
धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउने छ ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) :
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । अलझिएका समस्या सुल्झाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) :
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग मिल्नेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) :
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्य अघि बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) :
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तराद्र्धमा धन खर्च हुनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) :
आज अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्या पनि आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफलता पाइने छ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) :
आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ ।

(ज्यो.प. नारायणप्रसाद दुलाल)

- ADVERTISEMENT -