February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आगन्तुक बढेपछि लामो झरनामा प्रवेश निषेध

July 7, 2020

जलविरे । चितवनको इच्छाकामना गाउँपालिकाको प्रसिद्ध पर्यटकीय स्थल लामो झरनामा आगन्तुक प्रवेशलाई बन्द गर्ने भएको छ । कोरोना प्रभाव बढ्दै गएपनि लामो झरनामा आउने आगन्तुक क्रम नघटेपछि मंगलबारदेखि स्थानीयले झरना प्रवेशमा पूर्ण बन्देज लगाउने भएको हो ।
भिडभाडमा कोरोना जोखिम बढी हुने जान्दाजान्दै पनि झरना घुम्न आउनेहरुको कमी नभएपछि आगन्तुकको प्रवेशमा बन्देज लगाइएको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार अहिले पनि लामो झरना अवलोकनका लागि दैनिक सय भन्दा बढी मानिसहरु आउने गरेका छन् । आगन्तुकहरुलाई रोक्न नसक्ने अवस्था सृजना भएपछि अहिले झरना प्रवेश बिन्दुमै गेट निर्माण गरी बन्द गर्न लागिएकाले उनले बताए ।
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको वार्ड नं. ६ जलविरेमा पर्ने यो झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण स्थल हो । यहाँ वर्षेनी ४० हजार भन्दा बढी आगन्तुक झरना अवलोकनका लागि आउने गर्छन् । गाउँपालिकाले गतवर्ष मात्रै झरना अवलोकनका लागि आउने आगन्तुकबाट प्रवेश शुल्क उठाउदा १८ लाख भन्दा बढी आम्दानी गरेको थियो ।

- ADVERTISEMENT -