काठमाण्डौं / विहिबारबाट रातिबाट लगातार वर्षा हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ । महाशाखाले मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले आउँदो बिहीबार रातिबाट मनसुन सक्रिय हुने जानकारी दिएको हो ।
जसका कारण नेपालका धेरैजसो ठाउँमा लगातार वर्षा हुने भएकाले बाढीपहिरो, डुबानजस्ता विपद् आइपर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालमा मनसुन सक्रिय हुने देखिएको छ, जसका कारण नेपालका धेरैजसो ठाँउमा लगातार वर्षाका साथै खासगरी तराईका केही र पहाडका थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने मौसमविद्ले बताएका छन् ।
बर्षका कारण तराइका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । महाशाखाका अनुसार राति पनि देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विहिबारबाट लगातार वर्षा हुने : मौसम पूर्वानुमान महाशाखा
July 7, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
