२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘भरतपुरलाई शैक्षिक हबको रुपमा विकास गर्दैछौँ’ – महानगर प्रमुख दाहाल

प्रकाशित मिति : २०७७ असार २४ गते

भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्र विकासको गतिमा अगाडि बढिरहेको भरतपुर महानगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्दैै अगाडी बढ्ने बताउनुभएको छ ।
बुधबार पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २१ पहारीलोटारमा रहेको भानु माध्यमिक विद्यालयमा प्रशासनिक भवन तथा पुस्तकालय भवनको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । भरतपुर महानगरपालिका, सामाजिक विकास मन्त्रालय र डीएलपीआईको एक करोड ४६ लाख रुपैयाँको लागतमा चार कोठे आधुनिक प्रशासनिक भवन र पुस्तकालय निर्माण सम्पन्न भएको थियो ।
सो अवसरमा महानगरपालिका प्रमुख रेनु दाहालले चितवन इन्जिनीयरिङ क्याम्पस, भरतपुर बहुप्राविधिक विद्यालयका साथै मेडिकल कलेजहरु, कृषि तथा वन विज्ञान विश्वविद्यालय सबै विषयहरुको उच्च शिक्षा प्रदान गर्ने सरकारी तथा निजी कलेज, सामुदायिक विद्यालयहरु तथा निजी विद्यालयहरुले प्रवाह गरिरहेको गुणस्तरीय शिक्षाले भरतपुर शैक्षिक हब बन्दै गएको पुष्टि भएको बताउँदै यसलाई थप व्यवस्थित र विस्तार गरिँदै लैजाने बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुरमा खुला विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ सम्भाव्यता अध्ययन गर्ने काम सम्पन्न भएको भन्दै त्यसका लागि आवश्यक जग्गाको खोजीमा आफू रहेको बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७६÷७७ मा संघ, प्रदेश र महानगरको लगानीमा
शिक्षा क्षेत्रको समग्र विकासमा १८ करोड रुपैयाँभन्दा बढी बजेट परिचालन गरिएको जानकारी दिँदै महानगर प्रमुख दाहालले आगामी आर्थिक वर्षहरुमा पनि सोहीबमोजीम अगाडि बढ्ने बताउनुभयो । गुणस्तरीय र व्यवहारिक शिक्षा नै अहिलेको अवाश्यकता भएको भन्दै प्रमुख दाहालले शैक्षिक गुणस्तर वृद्धि गर्नुको कुनै विकल्प नभएकोमा जोड दिनुभयो ।
शिक्षा क्षेत्रको समुचित विकास र विस्तार विना मुलुकले लिएको लक्ष हासिल गर्न नसकिने भन्दै महानगर प्रमुख दाहालले शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई शैक्षिक गुणस्तर कायम गर्न एकताबद्ध भएर लाग्न आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा भरतपुर २१ का अध्यक्ष चित्रसेन अधिकारीले विद्यालयको नवनिर्मित भवनसँगै शैक्षिक वातावरण विकासमा थप टेवा पुग्ने बताउनुभयो ।
स्वास्थ्य चौकी पार्वतीपुरको शिलान्यास
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्य चौकी पार्वतीपुरको नयाँ भवनको शिलान्यास गर्नुभएको छ । बुधबार नै महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा स्वास्थ्य चौकी भवन (एचपी टु टाइप)को शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यासका क्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिकाभित्र ठूला र रणनीतिक महत्वका आयोजनाहरु द्रूत गतिका साथ अगाडि बढिरहेकोमा जोड दिँदै विकासमा सबैको साझेदारी र अपनत्व हुनुपर्ने बताउनुभएको छ । चार सय वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने दुई तले भवनमा अत्याधुनिक सुविधाहरु समेत रहनेछन् ।
सो भवन आगामी मंसिरभित्र सम्पन्न गर्नेगरि ७९ लाख ७६ हजार ९९१ रुपैयाँमा ठेक्का सम्झौता भएको भरतपुर महानगरपालिकाका इन्जिनीयर सन्तोष आचार्यले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94