२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अबिरल वर्षाका कारण १ लाख बढी जनता प्रभावित हुन सक्ने : प्रजिअ

प्रकाशित मिति : २०७७ असार २७ गते
- ADVERTISEMENT -

चितवन । वर्षातका कारण जिल्लामा १ लाख २८ हजार ६ सय ६५ जना प्रभाबित हुने अनुमान गरिएको छ । जिल्ला बिपद व्यवस्थापन समिति चितवनको बैठकले सातवटा स्थानीय तहमा गरि सो संख्यामा जनता प्रभाबित हुने अनुमान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका आनुसार जिल्लामा वर्षातका कारण ८८ स्थानमा कटान र ७१ स्थानमा डुवान हुने अनुमान गरिएको छ । यसले २५ हजार ७ सय ३३ घरपरिवार प्रभाबित हुने उहाँले बताउनुभयो । माडी नगरपालिकामा ९ स्थानमा कटान र ११ स्थानमा डुवान हुँदा ३ हजार ९ सय ४६ घर धुरीमा रहेका १९ हजार ७ सय ३० जना प्रभाबित हुने अनुमान गरिएको छ ।
यस्तै कालिका नगरपालिकामा ५ स्थान कटान, ६ स्थान डुवानमा पर्दा १ हजार ५ घरधुरीका ५ हजार २५ जना, रत्ननगरको ८ स्थान कटान र १० स्थान डुवानमा पर्दा २ हजार ३ सय ८१ घरधुरीका ११ हजार ९ सय ५ जना प्रभाबित हुने अनुमान गरिएको छ । खैरहनी नगरपालिकाको २ स्थान कटान र ७ स्थान डुवानमा पर्दा ३ सय २० घरधुरीका १ हजार ६ सय जना, राप्ती नगरपालिकामा ३० स्थान कटान र ९ स्थान डुवानमा पर्दा १० हजार १ सय ९० परिवारका ५० हजार ९ सय ५०जना, भरतपुर महानगरपालिकाको २८ स्थान डुवानमा र १६ स्थान कटानमा पर्दा ६ हजार ६ सय ३५ परिवारका ३३ हजार १ सय ७५ जना प्रभाबित हुने अनुमान बिपद व्यवस्थापन समितिले गरेको छ ।
जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा १८ स्थानमा कटान हुँदा १ हजार २ सय ५६ परिवारका ६ हजार २ सय ८० जना प्रभाबित हुने स्थानीय तहहरुले संकलन गरेको तथ्याङ्कमा उल्लेख छ । यसबाट बच्नका लागि सम्भाबित क्षेत्रका जनतालाई अग्रिम जानकारी गराउने, सार्वजनीक स्थानको खोजि गर्ने, उद्धारका लागि हेलिकप्टर बस्न सक्ने स्थानको पहिचान गर्ने, उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरीवल तयारी अबस्थामा राख्ने जस्ता कामहरु भईरहेको भट्टराईले जानकारी दिनुभयो । सम्भाबित क्षेत्रमा रहेका रेडक्रसलाई बिपतका समयमा उद्धार र राहतका लागि तयारी रहन समेत आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । मूख्य रुपमा जिल्ला हुँदै बग्ने नारायणी, राप्ती र रिउ खोलाले कटान र डुवान गर्ने गर्दछन् । पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको छ ।
पहिरो भरतपुर महानगरपालिकाको वडा नम्बर २९, ईच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा खस्ने जोखिम रहेको छ । दुई दिन यता परेको निरन्तर वर्षाका कारण नदीहरुमा पानीको वहाव वढिरहेको छ । जिल्लाका सातवटा स्थानीय तहले पाडी र पहिरोबाट बच्न उच्च सावधानि अपनाउन र सतर्क हुन अपिल गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -