काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८ हजार ४४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये ५०।५ प्रतिशत निको भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट ३६ जनाले ज्यान गुमाईसकेका छन् । यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् ।
प्रवक्ता डा। गौतमकाअनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् । नेपालमा गत २४ घन्टामा पीसीआर विधिबाट ३ हजार ६४८ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार ९७ छ भने आइसोलेसनमा ८ हजार २३९ जना उपचाररत छन् । हाल मुलुकका २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ।
नेपालमा थप ७० संक्रमण, ४३१ जना डिस्चार्ज
July 11, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -