May 18, 2024

थुम्सीमा अवरुद्ध सडक खुल्यो, साना सवारी संचालनमा

July 11, 2020

नवलपुर । पुर्वपश्चिम रार्जमार्गमा पर्ने गैंडाकोटको थुम्सीमा राखिएको डाइभर्सनमा रहेको माटो बगाएपछि अवरुद्ध सडक अहिले सञ्चालनमा आएको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाका अनुसार साना सवारी सहज रुपमा सञ्चालनमा आएको जानकारी दिनुभएको छ ।
अन्य सवारी साधन भने केहि समयपछि सञ्चालनमा आउने पनि उहाँले बताउनुभयो । बिहीवार देखि परेको वर्षाले पूर्व पश्चिम राजमार्गमा पर्ने गैंडाकोटको थुम्सीमा राखिएको डाइभर्सनमा रहेको माटो बगाएपछि बाटो अवरुद्ध भएको छ ।
बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन वाढीले बगाइदिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -