April 29, 2025

नेपाली कांँग्रेस चितवनमा पौडेल मनोनित

July 12, 2020
- ADVERTISEMENT -

चितवन । नेपाली कांँग्रेस, चितवनको जिल्ला कार्यसमितिमा संचारउद्यमी एवं नेपाली कांँग्रेसका क्रियाशील सदस्य नवीनराज पौडेल मनोनित भएको छ ।
पार्टीको विधान, निर्देशन तथा निर्णयको अनुसरण काम गरेको भन्दै पार्टीले पौडेललाई आइतबार आमन्त्रित सदस्यको रुपमा मनोनित गरेको हो । पौडेल लामो समयदेखि पार्टीमा क्रियाशील रही काम गर्दै आएका हुन् । पौडेल नेपाली कांँग्रेस प्रचार विभाग सदस्यको रुपमा कार्य गरिसकेको छ भने लामो समयदेखि पार्टीको प्रतिष्ठा, हित र संगठन बिस्तार लागि काम गर्दै आएका छन् ।
उनी दुईदशकदेखि संचार क्षेत्रमा क्रियाशील छन् । उनले चितवनमा रहेर भरतपुर एफ एम, भरतपुर पोष्ट, भरतपुर टीभी लगायतका मिडिया हाउस सञ्चालन गरिरहेका छन् । उनी चितवन नवलपुर प्रसारण मञ्चको रुपमा समेत काम गरिरहेका छन् भने भरतपुर महानगरपालिका वडा नम्बर ५ को प्रतिनिधि पनि हो ।

- ADVERTISEMENT -