February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा थप १४४ संक्रमित, डिस्चार्ज १७०५ जना

July 13, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १० हजार २९४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६०.७ प्रतिशत संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट ३८ जनाले ज्यान गुमाईसकेका छन् । यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा। गौतमकाअनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् ।
नेपालमा गत २४ घन्टामा पीसीआर विधिबाट ५ हजार ८५६ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार ४७० छ भने आइसोलेसनमा ६ हजार ६१३ जना उपचाररत छन् । हाल मुलुकका २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

- ADVERTISEMENT -