राप्ती । राप्ती न पा वडा नं ७ ले नगरपालिकाका कृषि शाखाबाट प्राप्त लिच्ची र आपको विरुवा गरिब तथा विपन्न समुदायलाई वितरण गरेको छ । सोमबार राप्तीका वडा अध्यक्ष सुमिता डल्लकोटीले विपन्न तथा सिमाक्रित चेपाङ जातको बाहुल्यता रहेको रामपुर झर्ना सुकुम्बासी डाँडामा पुगेर विरुवा वितरण गरिएको हो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष डल्लाकोटीले गरिबी तथा विपन्नलाई माछा मारेर खान दिनुभन्दा पनि माछा मारेर खान सिकाउनु उत्तम उपाय रहेको जनाउदै फलफूलको विरुवा दिए, भोलि फल खान पाउने आशामा मल जल गरेर विरुवा हुर्काउने कुरामा जोड दिन आग्रह गरिन् ।
उनका अनुसार जनताको घरघरमै पुगेर विरुवा वितरण गर्दा सरकारको ‘एक घर, एक विरुवा’ नीति र नारालाई समेत सहयोग पुग्ने देखिएको बताए ।
कार्यक्रममा वडा सदस्यहरु डिल कुमारी पुन लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
गरिब तथा विपन्नलाई लिच्ची र आपको विरुवा वितरण
July 14, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
