शहिदलखन / गोरखाको शहिदलखन गाउँपालिकाका १२ जना कारोना संक्रमितमध्ये १० जना निको भएर घर फर्किएका छन्। विभिन्न समयमा भारत लगाएत तेस्रो मुलुकबाट आएर गाउँपालिकाले निमार्ण गरेको विभिन्न ठाउँको मास क्वारेन्नटाइनमा बसेकाहरुको स्वाबको नमुना सङ्कलन गरेर परिक्षण गर्दा १२ जनालाई कारोना संक्रमण पुष्टि भएको थियो।
संक्रमितमध्ये ७ जना यस अघि नै निको भएर घर फर्किएका थिए भने आज ३ जना संक्रमित निको भएर घर फर्किएसँगै कोरोना जितेर घर फर्किनेको संख्या १० जना पुगेको गाउँपालिकाको अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो।
आज निको भएर घर फर्किनेहरुमा २३, ५१,र ४१ वर्षका पुरुषहरु रहेका छन्। उनिहरुको पुनः स्वाबको नमुना सङ्कलन गरेर कारोना परिक्षण गर्दा परिक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो।
बाँकि २ जना संक्रमितमध्ये एक जना गोरखा अस्पतालको आइसोलेसनमा उपचारत छन् भने १ जनाको चितवनको कारोना अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै आज (मङ्गलबार) मनकामना माविको क्वारेन्टाइनमा रहेको ७ जनाको स्वाबको नमुना सङ्कलन गरेर परिक्षणको लागि संम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको पनि उहाँले जानकारी दिनुभयो।
१२ संक्रमितमध्ये १० जना निको भएर घर फर्किए
July 15, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -