मोरङ / मोरङमा गाउँपालिकाका अध्यक्षमाथि कार्यकक्षमै खुकुरी प्रहार भएको छ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि खुकुरी प्रहार भएको हो ।
शुक्रबार कार्यालयमै पटके कर ठेक्का लिएका स्थानीय भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । कार्कीको गर्धन र हातमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
प्रवक्ता डीएसपी मानबहादुर राईले कार्कीलाई चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको र घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।
मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले कार्कीलाई नोबेल अस्पतालमा उपचार शुरु गरिएको जानकारी दिनुभएको छन् ।
आर्थिक वर्ष २०७६–०७७असार मसान्तसम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरी साउन १ गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेको झोंकमा पालिका कार्यालय पुगेर आक्रमण गरेको कोइरालाले बताउनुभयो ।
- ADVERTISEMENT -
मोरङमा गाउँपालिकाका अध्यक्षमाथि कार्यकक्षमै खुकुरी प्रहार
July 17, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -