माडी / गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनले जनगणनामा गुरुङहरुको धर्म बोन लेखाउनको लागि अन्तरक्रियात्मक प्रचार प्रसार अभियान सुरु गरेको छ। चितवनको माडी नगरपालिका स्थित कल्याणपुरबाट शनिबारदेखि अभियान सुरु गरेको हो।
गत असार २५ गते बसेको संघको नियमित मासिक बैठकले आगामी वर्ष २०७८ मा नेपालमा हुन गैरहेको राष्ट्रिय जनगणनामा धर्मको महलमा गुरुङहरुको वास्तविक धर्म वोन धर्म लेखाउनका लागि जिल्लाभरका गुरुङ समुदाय माझ अन्तरक्रिया गरेर प्रचार प्रसार गर्ने निर्णय गरेको थियो।
सोहि निर्णय बमोजिम संघको माडि इकाईबाट अभियान सुरु गरिएको संघका चितवन जिल्ला अध्यक्ष जगत बहादुर गुरुङले जानकारी दिनुभयो।
गुरुङहरुको वास्तविक धर्म बोन भएपनि धर्म परिवर्तनका कारण समुदायको वास्तविक धर्म लोप हुदै गएकोले संघले जिल्ला भित्र धर्म संस्कार संस्कृति संरक्षणका लागि विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहेको छ। जस अन्तर्गत आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा गुरुङको वास्तविक धर्मलाई स्थापित गर्नका लागि यो अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो।
‘चितवनको माडिबाट सुरु गरिएको यो अभियान जिल्लाभर सञ्चालन गरिनेछ’ उहाँले भन्नुभयो। यो अभियानका लागि संघमा आवद्ध जिल्लाभरका २१ वटा ईकाइ समितिलाई परिचालन गरिने पनि अध्यक्ष गुरुङले बताउनुभयो।
माडिको कल्याणपुरमा सुरु भएको अभियान कार्यक्रम इकाईका अध्यक्ष पेज बहादुर गुरुङको सभापतित्व तथा जिल्ला अध्यक्ष जगत बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा राष्ट्रिय जनगणनामा गुरुङहरुले किन वोन धर्म लेख्ने?, बोन धर्म के हो? लगायतका विषयमा संघका पूर्व अध्यक्ष एवं सल्लाहाकार भिम बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङ, सांस्कृतिक संयोजक नारायण गुरुङ लगायतले सहजिकरण गरेको थियो। यस्तै कार्यक्रममा कल्याणपुर इकाई समितिका उपाध्यक्ष तिर्थ बहादुर गुरुङले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव बिक्रम गुरुङले गरेका थिए। कार्यक्रममा तमु प्ये ल्हु संघ चितवनको युवा समिति अध्यक्ष आशिष गुरुङ, महिला समिति अध्यक्ष इन्द्रमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो।
यस्तै संघले यस अघि नै जिल्लामा व्यापक रुपमा संघको सदस्यता वितरण गर्ने काम गरिरहेको छ।
- ADVERTISEMENT -

गुरुङहरुको बोन धर्म लेख्ने बारे अभियान माडिबाट सुरु
July 19, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
