March 19, 2025
- ADVERTISEMENT -

आजदेखि पाँच दिन देशभर बर्षा हुने : मौसमविद्

July 19, 2020
File photo.

काठमाण्डौं / मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागदेखि केही दक्षिणतिर अवस्थित छ। जसअनुसार देशभर सामान्य देखि पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज सोमबार विहान २ बजे मापन भएको डाटा अनुसार पछिल्लो ३ घण्टामा कपिलवस्तुको बाणगंगा र आसपास भारी बर्षा भएको थियो भने थप बर्षा हुन सक्ने तथा बाणगंगा, गुडुंग लगायत आसपासका स–साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने विभागले जनाएको छ ।
त्यसैगरी पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीका धेरैजसो स्थानमा आज विहान ५ बजे भारी बर्षा मापन भएको छ । यसकासाथै थप बर्षा हुन सक्ने सम्भावना पनि रहेको छ ।
त्यस्तै आजदेखि पाँच दिन देशभर ठूलो वर्षा हुने र वर्षाका कारण बाढी र पहिरोको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त पूर्वानुमानमा यो हप्ता देशैभरी ठूलो वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप हुने देखिएकाले विशेषगरी आजदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको हो ।

- ADVERTISEMENT -