April 23, 2025

भदौ १ गतेदेखि हवाइ उडान सुचारु : सरकार

July 20, 2020
- ADVERTISEMENT -

काठमाडौं / सरकारले आउँदो भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार उडानहरु कसरी सुचारु गर्ने भन्‍नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउनेछ ।
सरकारले चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।

- ADVERTISEMENT -