चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ को वालुवा पुल नजिकै मंगलबार राती ठूला चट्टान सहितको पहिरो खसे पछि आज बिहान १० वजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार चट्टान फोर्नु पर्ने भए पछि एक्साभेटरमा ब्रेकर राखेर फोर्न थालिएको छ । नारायणगढ तर्फको भागमा एक्साभेटरले अहिले १० वजेबाट ढुङ्गा फोर्न सुरु गरेको हो ।
मुग्लिन तर्फबाट बिहान ९ वजेबाट लोडरले पहिरो पन्छाउन थालेको छ । पहिरोले सडकको झण्डै १ सय ५० मिटर भाग ढाकेको छ ।
दराईले भन्नुभयो “माथि २ सय ५० मिटर जतिबाट पहाडै खसेको छ ।” करिब पाँच घण्टामा पहिरो पन्छाउन सकीने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । अर्को एउटा एक्साभेटर पनि खोजि गरिएको दराईको भनाई छ ।
साना ढुङ्गा, गिट्टि, बालुवा सहजै पन्छाउन सकिने भए पनि ठूला ढुङ्गालाई ब्रेकरले फोरेर पन्छाउनु पर्ने हुन्छ । सो सडकको चार किलोमा सोमबार बिहान खसेको पहिरो पन्छाएर मंगलबार दिउँसो ४ः३० वजे सडक एकतर्फि खोलिएको थियो । त्यसै राति ८ः४५ वजे १६ किलोमा ठूला चट्टान सहित पहिरो खसेको हो ।
चट्टान फोर्दै पहिरो पन्छाउँदै : नारायणगढ–मुग्लिन सडक खण्ड

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको जीउधन सुरक्षाका लागि सबै संयन्त्र परिचालन

त्रिशूली भेलमा फसेका तामाङ दम्पत्तीको ३० घण्टापछि सकुशल उद्धार

भोटेकोशी बाढी अपडेट : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ बेपत्ता

रसुवागढीमा लेदोसहित आएको भोटेकोशीको बाढीले ठूलो क्षति

धार्मिक पर्यटन प्रबर्ध्दनमा देवघाट : गाउँपालिकाद्वारा प्रचार-प्रसारमा जोड
- ADVERTISEMENT -
