April 13, 2024

राप्ती ७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र सुरु

July 23, 2020

राप्ती । पूर्वी चितवन राप्ती नगरपालिका वडा नं ७ मा आधारभुत स्वास्थ सेवा केन्द्र सुरु भएको छ । उक्त कार्यक्रम राप्ती नगरपालिका स्वास्थ्य शाखा भण्डाराले सेवा सुरु गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि राप्तीका नगरपालिकाका नगर प्रमुख प्रभा बरालले सरकारको नीति अनुसार स्थानीय आधारभुत स्वास्थ केन्द्र सुरु भएपछि नगरवासी सामान्य उपचारको लागि मेडिकल वा अस्पताल धाउनु नपर्ने बताउनुभयो ।
राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले स्वास्थ्य नै मानवको ठूलो सम्पत्ति हुनाले स्वस्थ रहन सबैले आ–आफ्नो ठाउँबाट ख्याल गर्नुपर्ने छ भने स्वस्थ्यकर्मीहरुले पनि त्यही अनुरुप जनताको स्वास्थ्य सेवामा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता ७ नं वडा अध्यक्ष सुमित्रा डल्लकोटीले गर्नु भएको थियो भने कार्यक्रम संचालन राप्ती नगरपालिका स्वस्थ्य शाखा सहसंयोजक राममणि सिलवालले गरेका थिए ।
कार्यक्रम राप्ती नगरपालिका ५ नं कि वडा अध्यक्ष मेनुका पाठक, नगर कार्यपालिका सदस्य पुष्प कुँवर लगायतको उपस्थिति रहेका थियो ।

- ADVERTISEMENT -