हेभि इक्युपमेन्ट मेसिन भएका केही स्थानीयको अनावश्यक दवाव
मौवाखोला / साउन ५ गते चितवन र धादिङको सिमानामा रहेको मौवाखोला पुलको एक छेउ माथिबाट आएको खहरे भेलले बगाएको छ । जसका कारण पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड पूर्ण अवरुद्ध छ । उक्त पुलको धादिङ पट्टिको करिब ५ मिटर भाग खोलाले भत्काई दिएको छ ।
अहिले सो राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुको बिचल्ली छ । सयौँ गाडीहरु अलपत्र छ । राजधानी लैजान लागेका बिरामीहरु एम्बुलेन्समा नै छटपटाएका छन् । सयाँै हजारौँ मान्छेहरुलाई बिचल्ली बनाएको छ । सो बाटो सुचारु गराउन डिभिजन सडक कार्यालय भरतपुरले रातदिन काम गरिरहेको छ ।
तर कार्यालयले सडक खुलाउन गरिरहेको काममा भने केही स्वार्थ समूहले अवरोध सिर्जना गर्न खोजिरहेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर कृष्णबहादुर खड्काले बताउनुभयो । उनीहरुले काममा सहयोग गर्नुको सट्टा पिडामा पैसा कमाउने अवसर खोजेर अनावश्यक दवाव दिने काम गरेको उहाँले बताउनुभयो ।
रिपोर्टिङका लागि त्यहा पुगेका सञ्चारकर्मीसँग कुरा गर्दै इन्जिनियर खड्काले त्यहाँका केही हेभि इक्युपमेन्ट भएका स्थानीयहरुले भाडामा उनीहरुको मेसिन प्रयोग गर्न दबाब दिने गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यस्तो बेला कसरी हुन्छ छिटो बाटो मर्मत गरेर यातायात सुचारु गराउनु पर्ने प्रेसरमा छौँ तर केही हेभि इक्युपमेन्ट भएका स्थानीयको अनावश्यक दवावले हामीलाई समयमा काम गर्न अप्ठ्यारो पारेको छ ।’
– इच्छाकामना न्यूजबाट ।
मौवाखोला पहिरो : बाटो खुलाउने भन्दा स्वार्थ लिन खोज्नेको जगजगी
July 23, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -